अपाङ्गता भएका व्यक्तिहरूका लागि १५ दिने तालिम सम्पन्न

सुर्खेत
साइनिङ अस्पताल आई एन एफ. सुर्खेत, पहुँच तथा समावेशीकरण परियाेजनाको आयोजना र पञ्चपुरी नगरस्तरीय अपाङ्गता उत्थान केन्द्रको समन्वय‌मा १५ दिने व्यावसायीक वाख्रा तथा कुखुरापालन तालिम पञ्चपुरीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा ११ वटै वडाका अपाङ्‌गता भएका व्यक्ति तथा परिवारको सदस्य गरि ५१ जनाकाे सहभागीता भएको थियो । साथै बराहताल गाउँपालीका ४ जना अपाङ्गता भएका व्यक्तिको सहभागीता रहेकाे थियो । कार्यक्रममा बाख्रापालनको महत्व, फाईदा,
बजार को बारेमा जानकारी दिएको छ साथै खोर बनाउने तरिकाबारे जानकारी र बाख्राको लागि दाना बनाउने विषयमा समेत तालिममा जानकारी दिइएको छ। तालिममा वडा नम्बर ४ मा रहेको बाख्रा फार्ममा समेत अवलोकन गराइएको छ। कार्यक्रमा पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नगेन्द्र बहादुर शाहीले तालिमका सहभागीहरूलाई शुभकामना दिँदै आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूलाई गर्नुपर्ने सहयोगमा सधैं प्रतिबद्ध रहने बताउनुभएको छ। कार्यक्रममा सहजिकरण नारायण प्रसाद न्याैपानेले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन INF सुर्खेत टिम लिडर उदय हमालले गर्नुभएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...