सुर्खेतको पञ्चपुरी नगरपालिकाले छाडा पशुचौपाय ब्यवस्थापनको लागि निर्माण गर्न लागेको कामलाइ नेपाली कांग्रेस पञ्चपुरीले पनि साथ दिएको छ । नेपाली कांग्रेस नगर सभापती कृपाराम थापा सहित सम्पुर्ण कार्यसमितिको अगुवाइमा पञ्चपुरी ५ को बाबियाचौरमा निर्माण हुदै गरेको गौशालाको काममा अस्थायी टहरा निर्माण गरिएको छ ।
नेपाली कांग्रेस पञ्चपुरीले सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईको ९९ औं जन्म जयन्तीको अवसर पारेर पञ्चपुरी नगरपालिकाले गौशाला भित्र राखिएका गाईलाई अस्थायी रुपमा वास स्थानका निर्माण गरेको अस्थायी टहरा र केही संकलित पराल समेत सहयोग गरेको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले स्व. नेता भट्टराईको कामको स्मरण गर्नुभएको छ । साथै भण्डारीले गौशाला निर्माण गर्नु आफैमा चुनौतीको बिषय भएको र यसका लागि सबैको साथ र सहयोग आबश्यक रहेको बताउनुभएको छ । त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका क्षेत्र नं. २ सुर्खेतका सभापती इन्द्र बहादुर रावलले नगरपालिकाले गरेको काम प्रशंसायोग्य रहेको र यसमा सबैको साथ रहने प्रतिबद्धता समेत जनाउनुभएको छ । साथै रावलले पछिल्लो चरणमा सामाजिक सञ्जालमा अनाबश्यक रुपमा आफ्ना अभिब्यक्ती राख्ने बिषयमा पनि नेता कार्यकर्ताले बिबेकता अपनाउनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा नेपाली कांगेस कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्रबहादुर थापाले स्व. नेता भट्टराइको जीवनीबाट धेरै कुरा सिक्न जरुरी रहेको बताउनुभएको छ । साथै उहाले नेपाली कांगे्रसको कार्यकालमा गरेका हरेक काममा सबैले साथ दिएर सहयोग गर्नुपर्ने आबश्यकता समेत औल्याउनु भएको छ । कार्यक्रममा नेपाली कांग्रेस पञ्चपुरीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।