एसियन लाईफ ईन्साेरेन्स कम्पनी लिमिटेड सुर्खेतले पञ्चपुरी २ च्युरीखेतका मृतक बिमितका परिवारलाई मृत्युदाबि बापतकाे बिमा रकम हस्तान्तरण गरेकाे छ ।
गत असाेज २४ गते माेटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका प्रेमबहादुर घर्तिका अाफन्तलाई पलैटेमा पुगेर सहयोग गरिएकाे हाे । संस्थाले १० लाख ६६ हजार ५ सय ८ रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले चेक प्रदान गर्नुभएको हाे ।