पञ्चपुरीमा मुल्य भाैचर बितरण,

सुन्दर नेपाल संस्था सुर्खेतबाट सञ्चालन भएको भकारी परियाेजनाले पञ्चपुरी का ३ सय ४१ जनालाई मूल्य भाैचर बितरण गरेकाे छ ।

बिपद जाेखिम क्षेत्र पञ्चपुरी ५, १० र ११ वडाका बिपन्न नागरिकलाई भाैचर उपलब्ध गराईएकाे हाे । काेराेना महामारीमा राेजगारी गुमाएका तथा कमजाेर अाय भएका नागरिकलाई १ हजार ३ सय ५० रुपैयाकाे भाैचर दिएको छ ।

भाैचर पाएका नागरिकले स्थानीय बजार बाबियाचाैरका ताेकिएका पसलबाट अाफुलाई दैनिक अाबश्यक पर्ने सामग्री किनमेल गर्न सक्ने छन । भाैचर बितरण गर्दै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले अागामी दिनमा संस्थाले एचआईभी संक्रमितहरुलाई पनि समेट्न सुझाव दिनुभएको छ ।

भाैचर पाएका एउटा परिवारकाे पारिवारिक खर्चकाे विश्लेषण गरि ६० प्रतिशत बराबर खर्च बापत रकम उपलब्ध गराएकाे संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

खोजि गर्नुहोस ...