८ मंसिर, सुर्खेत ।
साबिक बाबियाचौर गाविस अन्तर्गत रहेका प्राथमिक विद्यालय हरूबीच आज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । पञ्चपुरी वडा नम्बर ६ मा रहेको समूह प्राथमिक विद्यालयमा भएको हाजिरी जवाफ प्रतियोगितामा ११ वटा प्राथमिक विद्यालयको सहभागिता रहेको थियो ।
बालबालिकाहरूको पढाइस्तरलाई वृद्धि गर्नको लागि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको समूह प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रेम विष्टले बताउनुभएको छ । हाजिरी जवाफ प्रतियोगितामा स्थानीय पाठ्यक्रम तथा समसामयिक विषयवस्तुमा प्रश्नहरू सोधिएका थिए ।
प्रतियोगितामा समूह प्राथमिक विद्यालय पञ्चपुरी ६ प्रथम, सहिद स्मारक प्राथमिक विद्यालय पञ्चपुरी ४ डाब दोस्रा,े भगवती प्राथमिक विद्यालय पञ्चपुरी ६ लाटीकाँडा तेस्रो भएको छ भने नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पञ्चपुरी ४ चनाली सान्त्वना भएको छ । प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई पुरस्कार समेत प्रदान गरिएको छ । कार्यक्रमकाे सहयोग उदय हमाल INF सुर्खेत, बाबियाचौर स्केट पार्क, नेपाल शिक्षक महासंघ पञ्चपुरी, कारीतास नेपाल, बिरेन्द्र जोशि, ऋषि थापा, प्रकाशदिप स्टेसनरी लगाएतले गर्नु भएको हाे । प्रतियाेगिता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।
