स्व.घर्तीको सम्झनामा पञ्चपुरी ३ लामीदमारको विद्यालयलाई पोशाक वितरण

८ मंसिर, सुर्खेत ।
स्वर्गीय जीवन घर्ती मगरको स्मृतिमा विद्यालयका बालबालिकाहरूलाई आज पोशाक वितरण गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर ३ मा रहेको सुन्दर जागरण प्राथमिक विद्यालय लामीदमारमा रहेका ९० जना भन्दा बढी विद्यार्थीहरूलाई विद्यालयको पोशाक वितरण गरिएको हो ।
पञ्चपुरी नगरपालिका वडा नम्बर २ मा रहेको केजी इन्जिनियरिङ ग्रिल उद्योगको सौजन्यमा पोशाक वितरण गरिएको हो । कामको सिलसिलामा कोरियामा रहेको बेला मृत्यु भएका मृतक घर्तीको सम्झना स्वरूप परिवारले विद्यालयमा पोशाक वितरण गरेको छ भने सरस्वतीको मन्दिर निर्माणसमेत भइरहेको छ ।

करिब ८ लाखको लगानीमा सरस्वती मन्दिर र १ लाख बढीको टिसर्ट र ट्रयाक सुट विद्यालयलाई सौजन्य गरिएको हो । पोशाक वितरण कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा राजनीतिक दलहरूले स्वर्गीय घर्ती एकदमै मिलनसार र समाजसेवी भएको बताउँदै उनको आत्माको चिर शान्तिको कामना समेत गरेका छन् । साथै घर्ती परिवारले विद्यालयमा गरेको सहयोग सधैँ अविस्मरणीय रहने समेत बताएका छन् । वडा अध्यक्ष बलबहादुर रोकायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरा माझीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...