नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा सन्त नेता स्वर्गिय कृष्णप्रसाद भट्टराईकाे ९९ औं जन्मजयन्तिकाे अवसरमा आज पञ्चपुरीमा कार्यक्रम गरिएकाे छ । नेपाली काङ्ग्रेस पञ्चपुरी नगर कार्यसमितिकाे अायाेजनामा पञ्चपुरी नगरपालिका अन्तरगतका माद्यामिक बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको हाे ।
प्रजातन्त्रका आधारभुत मुल्य र मान्यता बिषयमा भएको बक्तृत्वकला प्रतियाेगितामा २० जना बिद्यार्थीहरुकाे सहभागीता रहेको थियोे । प्रतियोगितामा मालिका माद्यामिक बिद्यालय पैसरा का रमेस देउवा प्रथम, जनता माद्यामिक बिद्यालय बिद्यापुरका राेसन तिमिल्सिना दाेस्राे, जनज्योति माद्यामिक बिद्यालय जामुका टेकराज ढकाल तेस्रो र बिद्याज्याेती माद्यामिक बिद्यालयका प्रशान्त कडेल सान्त्वना भएका छन ।
प्रतियोगिताका बिजेताले क्रमसः २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गरेका छन । कार्यक्रम पञ्चपुरी नगरकार्य समिति सभापति कृपाराम थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।