नेपाल रेडक्रस सोसाइटी उपशाखा सालकोटको सातौं अधिबेशन सम्पन्न,

नेपाल रेडक्रस सोसाइटी उपशाखा सालकोट सुर्खेतको सातौं अधिबेशन आज पञ्चपुरीमा सम्पन्न भयको छ। उपशाखा सालकोटका सभापती याम बहादुर बिसिको सभापतित्वमा तथा नेपाल रेडक्रस सोसाइटी जिला शाखा सुर्खेतका सभापति रामलाल आचार्यको प्रमुख आतिथ्यता कार्यक्रम भएको हाे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका सदस्य तिलकराम अधिकारी तथा रेडक्रसकर्मी एब समाजसेवी डिल्लिराम न्युरे लगायतले कार्यक्रमकाे सफलताको शुभकामना दिनुभएको छ । अधिबेशनबाट याम बहादुर बि.सि. सभापतित्वमा नया कार्यसमिति सर्बसहमतरुपमा चयन भयको छ।

जसकाे उपसभापतिमा कुस्मा कुमारी आचार्य, सचिब रेशम बहादुर शाही, उप सचिव गोकुल प्रसाद जैसि, कोषाध्यक्ष कमला भण्डारी र उप कोषाध्यक्षमा गंगाराम ढ्याङ्गा रहनुभएकाे छ । त्यसैगरी सदस्यहरुमा मोतिलाल कडेल, नर बहादुर बुढा, सुमित्रा आचार्य, मोहन रावल, पुर्णचन्द्र पौडेल रहनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...