बिद्यापुर देखि बिरेन्द्रनगर तर्फ जाँदै गरेकाे माईक्रो बस अाज बिहान पञ्चपुरी २ काे श्रीचाैर नजिक दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२- ००१ ख ०१६१ नम्बर काे यात्रुबाहक गाडी दुर्घटना हुदा सहचालक सहित १० जना घाइते भएका छन ।
घाइते १० जना मध्य ७ जनाकाे प्राथमिक स्वास्थ्य केन्द्र पलैटेमा उपचार भैरहेको छ भने ३ जनालाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ । घाइते हुनेहरु जनकदेव गिरी, हिमा सलामी मगर, बसन्ति धमाला, धनिराम रेग्मी (सह चालक), नन्दा शाहि, मुना पुरी, पुजा शाहि, टाेप बहादुर घर्ती, प्रेमिका बिष्ट र प्रेमिका बाेगटी रहेका छन ।
प्रहरीले गाडि चालक लाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाकाे कारण बारेमा अनुसन्धान भैरहकाे पञ्चपुरी वडा नं २ का अध्यक्ष यामबहादुर बिसीले जानकारी दिनुभएको छ ।