सुर्खेत ।
साईनिङ्ग अस्ताल, आईएनएफ सुर्खेत तथा पहुँच तथा समावेशीकरण परियोजना को आयोजना र पञ्चपुरी नगरपालिकाकाे समन्वयमा पहुँचयुक्त संरचना निर्माण सम्बनधि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुखलाल वीर भण्डारी, उपप्रमुख मुक्तिदेवी रेग्मी, सम्पूर्ण वडा अध्यक्ष कार्यपालिका सदस्य, शाखा प्रमुख, वडा सचिव, प्राविधीक शाखाका सम्पूर्ण कर्मचारीको उपस्थीती रहेको थियो । कार्यक्रममा ७० जनाको सहभागीता रहेको थियो । कार्यक्रमकाे पहुंच तथा समावेशीरण परियोजनाकाे अनुगमन तथा रिपोर्टीङ अधिकृत लोक प्रसाद गौतम र सहजिकरण संघिय सहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतका ईन्जीनियर पूर्ण प्रसाद समलिले गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख भण्डारीले पालिकामा वन्दै गरेका भवन र बनिसकेकालाई अपाङ्गमैत्री बनाउन पहल गरेको बतनउनुभएकाे छ । साथै उहाले
INF सुर्खेतले गरेको सहयोग सकरात्मक रहेकाे र आगामी दिनमा सहकार्य गर्दै जाने समेत बताउनु भएको छ । कार्यक्रम
पहुँच तथा समावेशीक्षण परियोजनाका टिम लिडर उदय हमालले सञ्चालन गर्नुभएको थियोे ।
