क्रिसमस डे काे अवसरमा पञ्चपुरीकाे बाबियाचाैरमा आज स्वस्थ्य सामाग्री बितरण गरिएको छ । बिलिभर्स इष्टन चर्च बाबियाचौरकाे आयाेजनामा भएको कार्यक्रममा पञ्चपुरीकाे वडा नं ६ मा रहेकाे समुह प्राथमिक विद्यालयमा सामाग्री हस्तान्तरण गरिएको हाे ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक प्रेम बिष्टलाई प्राथामिक उपचार स्वास्थ्य सामाग्री, दुई वटा पानी शुद्धीकरण फिल्टर र दुई वटा डस्टविन हस्तान्तरण गरिएकाे छ । सामाग्री ग्रहण गर्दै बिद्यालयका प्रधानाध्यापक बिष्टले सहयोगी निकायलाई धन्यवाद दिदै बिद्यालय राम्रो बनाउन सबैकाे साथ सहयोग आवश्यक रहेकाे बताउनुभएको छ । कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष नरबहादुर सिजापति, बिव्यसका प्रतिनिधि लगाएतकाे सहभागीता रहेकाे थियोे ।












