नेपाली कांग्रेसको केन्द्रिय सदस्य (कर्णाली प्रदेश भुगोल तर्फ)मा उम्मेद्वार दिएका थानीले एक मत अभावका साथ पराजित भएका हुन् ।
कांग्रेसको १४ औँ महाधिवेशनमा कर्णाली प्रदेश भुगोल तर्फबाट केन्द्रिय सदस्यका लागि पाँच जनाको उम्मेद्वारीमा थानीले कुल दुई हजार एक सय ९९ मत ल्याएका छन् ।
विजेता उम्मेद्वारहरुमध्ये राजिव बिक्रम शाहले दुई हजार आठ सय २०, कर्ण बुढाले दुई हजार दुई सय मत ल्याएका छन् ।
यसैगरी भुगोल तर्फ महिला केन्द्रिय सदस्यमा जानकी सिंहले दुई हजार ६ सय २४ मत ल्याएर विजेता बनेकी छिन् ।