सङ्घर्ष समिति र राष्ट्रिय भूमि आयोगबीच तीन बुँदे सहमति,

बाँदरझुला सङ्घर्ष समिति र राष्ट्रिय भूमि आयोगबीच तीन बुँदे सहमति सहमति भएको छ । मङ्गलवार बाँदरझुला सङ्घर्ष समिति र राष्ट्रिय भूमि आयोगबीच तीन बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ ।

भूमि आयोगले बाँदरझुलामा फागुन मसान्तसम्म लगत सङ्कलन र जग्गा जाँचको सूचना प्रकाशित गर्ने र लगत सङ्कलनको निवेदन दिएकै दिन जग्गा जाँचको निस्सा वितरण गर्ने, बाँदरझुलामा विद्युतीकरणको काम छिटो अघि बढाउने सहमति भएको छ । 

यस्तै विद्युतीकरणका लागि बजेटसमेत विनियोजन भइसकेको अवस्थामा निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउन विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने, भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयलगायत सम्बन्धित निकायहरूमा सहयोगका लागि अनुरोध गर्ने सहमति भएको छ । 

यसैगरी सरल, सहज र सुलभ रूपमा खेती गर्न ट्र्याक्टर प्रयोग गर्नका लागि वन तथा वातावरण मन्त्रालयलाई तत्काल पत्राचार गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...