पञ्चपुरी वडा नं. ३ को कार्यालयद्धारा जेष्ठ नागरिकलाइ न्यानो कपडा वितरण,

पञ्चपुरी नगरपालिका वडा नं. ३ को कार्यालयले सेवा क्षेत्रभित्रका जेष्ठ नागरिकलाइ न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयको सेवा क्षेत्र तोक्मा, लामिदमार, लगम र चौरका १ सय ५८ जनालाइ न्यानो कपडा बितरण गरिएको हो । प्रत्येक बर्ष निरन्तर जेष्ठ नागरिकलाइ सम्मान गदै आएको वडाले यस बर्ष ६८ बर्ष उमेर समुहका लाइ पनि सम्मान गरेको वडा अध्यक्ष बलबहादुर रोकायले जानकारी दिनुभएको छ ।

कार्यक्रममा अध्यक्ष रोकायले आगामी दिनमा पनि जेष्ठ नागरिकहरुलाइ निरन्तर सम्मान गर्ने बताउनु भएको छ । जेष्ठ नागरिकहरुबाट सल्लाह सुझाव र अनुभव आदानप्रदान गरेर आगामी दिनमा काममा अघि बढ्ने पनि रोकायले बताउनुभयो ।

समाजका हरेक बर्गका नागरिकको समस्या र भावनालाइ बुझेर काम गर्न सकेमात्रै समुदायको बिकासले सार्थकता पाउने समेत रोकायको भनाइ रहेको छ । वडा कार्यालयले भोलि अपाङ्गता भएका ब्यक्तिहरुको घरमै गएर न्यानो कपडा बितरण गर्ने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...