सुर्खेत विमानस्थलको मर्मतको काम सकियो,

धावनमार्ग मर्मतका लागि बन्द भएको सुर्खेत विमानस्थल ६ पुस (मंगलबार)देखि खुल्ने भएको छ ।

विमानस्थल १० मंसिरदेखि बन्द भएको थियो । विमानस्थल ६ पुसदेखि नियमित सञ्चालनमा आउने भन्दै वायुसेवा कम्पनीहरुले सो विमानस्थलका लागि काठमाडौंबाट टिकट बिक्री समेत खुला गरेका छन् ।

सुर्खेतमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गरिरहेको छ । बुद्धले सुर्खेतमा उडान बन्द भएपछि त्यसको विकल्पका लागि भन्दै नेपालगन्जमा उडान थपेको थियो ।

नेपालगञ्जमा दैनिक ५ उडान गरिरहेको कम्पनीले सुर्खेत विमानस्थल बन्द भएपछि दैनिक ६ उडान पुर्‍याएको थियो । सुर्खेतमा हेलिकोप्टरको उडान भने रोकिएको थिएन । onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...