सुर्खेत पञ्चपुरीकाे वडा नं. ६ खमारीका बालबालिकालाई हरुलाइ आज शैक्षिक सामाग्री र न्यानाे कपडा बितरण गरिएको छ ।
अशिका फाउन्डेसन र वडा कार्यालय काे सहयोग तथा समन्वयमा ११ जना बालबालिका र १ जना शिक्षिकालाई पाेशाक बितरण गरिएको छ ।
भाैगाेलिक बिकटता र बिद्यालय टाढा भएको कारण बिद्यालय जान नसक्ने साना बालबालिकालाई वडा कार्यालयले समुदायमै बालबिकास कक्षा सञ्चालनमा ल्याएको छ ।

वडा कार्यालयकाे टिम सहित खमारी पुगेकाे टाेलिले अशिका फाउन्डेसन बाट प्राप्त पाेशाक, स्टेसनरी, म्याटर, ह्वाइट बाेड, लगाएतकाे समान हस्तान्तरण गरेकाे छ ।

समान बितरण गर्दै वडा अध्यक्ष नरबहादुर सिजापतिले आगामी दिनमा बिद्यालयकाे भाैतिक बिकास गर्न आबश्यक सहयोग गर्ने बताउनुभएको छ । तत्कालका लागि बालबालिकालाई सहयोग गर्ने अशिका फाउन्डेसन र अशिका तामाङ लगाएतकाे टिमलाई धन्यवाद समेत दिनुभएको छ । खुल्लाचाैरमा पढाइ सञ्चालन हुदै आएकाे उक्त बालबिकासमा भवन अभाव रहेकाे छ ।

