फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्याे विश्व कपकाे उपाधि,

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे ।

निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । पेनाल्टी शुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पे र कोलो मुनीले मात्र गोल गर्न सके । किङ्सली कोमन र चोमेनीले गोल गर्न सकेनन् ।

यसअघि अर्जेन्टिनाका लागि लियाेनल मेस्सीले दुई र एन्जेल डी मारियाले एक गाेल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पेले ‘ह्याट्रिक’ गरे ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपकाे उपाधि जित्याे । यसअघि सन् १९८६ मा अर्जेन्टिनाले विश्व कप जितेकाे थियाे । त्यसअघि सन् १९७८ मा उपाधि जितेकाे थियाे । फ्रान्स भने यसअघि सन् १९९८ र २०१८ मा विजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...