३ पाैष सुर्खेत ।
पञ्चपुरी नगर इसाई समाजकाे आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम आज बाबियाचौरमा सम्पन्न भएको छ। बडादिन ख्रीष्टमसको अवसरमा पञ्चपुरी नगरपालिकामा रहेका क्रिस्मससँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले सबै धर्मको सारतत्व एउटै भएको हुँदा एकअर्कामा परस्पर मिलेर भाइचाराको सम्बन्ध राख्न जरुरी रहेको बताउनुभएको छ। कार्यक्रममा नगरपालिका भित्रका करिब ३०० भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रम रमेश बाैडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।


