पञ्चपुरी वडा नं ६ को कार्यालयले युवाहरुलाइ कम्प्युटर सिकाउदै,

युवाहरुलाइ क्षमता बिकास गर्नको लागि पञ्चपुरी वडा नं ६ को कार्यालय सुर्खेतले सिप विकास तालिम दिन सुरु गरेको छ । आफ्नो वडाको सेवा क्षेत्र भित्रका कक्षा १० उर्तिण गरेकाहरुका लागि बेसिक कम्प्युटर तालिम दिन सुरु गरेको छ ।

वडाले पहिलो चरणमा ३० जनाका लागि आज देखि बेसिक तालिमको सुरुवात गरेको छ । तालिमको उद्धाटन गर्दै पञ्चपुरी ६ का वडा अध्यक्ष नर बहादुर सिजापतीले सहभागिले ३ महिनाको अबधिमा तालिम ध्यान दिएर सिक्न सबै सहभागिहरुलाइ आग्रह गर्नुभएको छ ।

बिकास भौतिकरुपमा मात्र नभइ नागरिकको सामाजिक र बौद्धिक बिकास पनि महत्वपुर्ण हुने हुदा आफुले आगामी दिनमा सामाजिक बिकासका कार्यक्रमलाइ पनि प्राथमिता दिने समेत उहाको भनाइ रहेको छ ।

अध्यक्ष सिजापतीले आगामी ५ बर्ष सम्म लक्षित समुदायको हरेक बिकासमा बजेट बिनियोजन गरि काम गर्ने समेत बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...