१५ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चौकुनेमा सम्पन्न,

जिल्ला खेलकुद बिकास समिति सुर्खेतको आयोजना र जीवनज्योति माबि चौकुने गुटुको सह आयोजनामा भएको १५ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आज चौकुनेको गुटुमा सम्पन्न भएको छ । मंसिर २८ गते देखि सुरु भएको प्रतियोगितामा सुर्खेत जिल्लाका ६९ वटा माध्यमिक बिद्यालयहरुको सहभागीता रहेको थियोे ।
प्रतियोगिता २२ स्वर्ण ११ रजत र ८ कास्य पदक सहित एसओएस हर्मन माइनर बिद्यालय बीरेन्द्रनगर प्रथम भएको छ । त्यसैगरी १० स्वर्ण ४ रजत र ३ कास्य पदक सहित नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय वीरेन्द्रनगर दोस्रो र ४ स्वर्ण २ रजत र १ कास्य पदक सहित भेरी माद्यामिक बिद्यालय बराहताल तरंगा तेस्रो भएको छ ।
आगामी बर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुर्खेतको सिम्ता गाउपालिकामा हुने भएको छ । खेलकुद समापन कार्यक्रमको प्रमुख आतिथ्यता राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले गर्नुभएको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, कराते लगायत खेलमा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...