बाटोको काम निरन्तर गर्नुपर्ने भन्दै पश्चिम सुर्खेतका नागरिकहरु आन्दोलित,

सुर्खेतको बड्डीचौर खम्बागाडे सडक विस्तार र निर्माणकार्यलाई रोक्ने डिभिजन वन कार्यालय सुर्खेत भेरी कार्यालयको निर्णय लाइ लिएर नागरिकहरु आन्दोलित भएका छन । खम्बागाडे– बाबियाचौर– बिद्यापुर खण्डको १० किलोमिटर सडक संघीय सरकार अन्तर्गतको सडक बिभाग मार्फत बोलपत्र आह्वान भई छनौट भएका निर्माण कम्पनीहरुले बाटो निर्माणको काम गरिरहेका छन ।
तर बाटो क्षेत्रमा पर्ने रुखहरु मासिने भएको र यसका लागि ठेकेदार कम्पनिलाइ प्रकृयागत ढंगबाट काम गर्न भन्दै डिभिजन वन कार्यालय सुर्खेत भेरी ले काम रोक्नको लागि निर्देशन दिएको छ ।

सडक निर्माण र कालोपत्रेको काम तत्काल अघि बढाउन र वन कार्यालयको बिरोधमा नागरिहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन । बाबियाचौरमा जम्मा भएका नागरिकहरुले तत्काल वन कार्यालयमा ज्ञापन पत्र बुझाउने र माग सुनुवाइ नभए कार्यालय घेराउ र आम हड्ताल गर्ने समेत जनाएका छन ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पञ्चपुरी नगर कमिटी, सुर्खेतले पनि ध्यानाकर्षण भएको जनाएको छ । केशब शाहीद्धारा जारी प्रेस विज्ञप्तिमा पछिल्लो केही समयदेखि विभिन्न बहानामा, छदम विकास बिरोधि तत्त्वहरुको षड्यन्त्रमा डिभिजन वन कार्यालय सुर्खेत भेरीले कथित वन ऐन कानुनको हवला दिदैं द्रुतगतिमा अघि बढीरहेको सडक विस्तार र निर्माणकार्यलाई रोक्ने जस्तो विकास विरोधी तथा जनविरोधी कार्यप्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पञ्चपुरी नगर कमिटी, सुर्खेतको गम्भीर ध्यानाकर्षण भएको उल्लेखित गरिएको छ ।

‘पश्चिम सुर्खेतका जनताको विकास र समृद्धिको प्रस्थान बिन्दुको रुपमा रहेको सडक कालोपत्रे योजनालाई फेरि पनि विलम्ब गरि अलपत्र पार्ने विकास विरोधी तत्वहरुको हर्कतप्रति कडा आपत्ति प्रकट गर्दै तत्काल सडक निर्माण कार्य सुचारु गर्ने वातावरण तयार गर्न यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय हृदयराम थानी, कर्णाली प्रदेश सभा सदस्य माननीय बिन्दमान बिष्ट, पञ्चपुरी नगरपालिका, बराहताल गाँउपालिका र डिभिजन वन कार्यालय सुर्खेत भेरी समक्ष जोडदार माग गर्दछौं अन्यथा यस क्षेत्रका आक्रोशित न्यायप्रेमी जनसमुदायको साथमा सशक्त आन्दोलन गर्न बाध्य हुने व्यहोरा सम्बन्धित सबैलाई यसै प्रेस विज्ञप्ति मार्फत सचेत गराउदछौं ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...