दैलेखकाे गुराँस गाउँपालिकाको ८ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले बिहीवार एक कार्यक्रमका बीच बालमैत्री वडा घोषणा गर्नुभएकाे हाे ।
सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले तय गरेको ५१ सूचकमध्ये ८० प्रतिशत सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सकिन्छ ।
बाल अधिकारका ‘बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता’ गरि चार वटा पक्षलाई मुख्य आधार मानेको छ । चार सय १९ घरधुरी रहेको वडा नं. ८ काे जनसङ्खया दुई हजार चार सय २९ रहेकाे छ ।