इलाका प्रशासन कार्यालय बाबियाचौर सुर्खेतले आज पञ्चपुरी ८ माझिगाउ घरमै पुगेर सेवा प्रदान गरेको छ । वडा नं ८ को माझिगाउमा ६३ बर्षिया बालिका वनलाई घरमै पुगेर प्रशासकीय अधिकृत पदमलाल लामिछानेको टोलिले नागरिकता प्रदान गरेको हो ।
सानै उमेर देखि शारीरिक रुपमा अपांगता रहेकी वनको नागरिकता नभएकै कारण सरकारी सेवा सुबिधा पाउन समेत कठिनाइ भएको थियोे । जिल्ला प्रशासन र ईलाका प्रशासन बाबियाचौरको टोलिले घरमै पुगेर नागरिकताको प्रतिलिपी दिएपछि बालिकाले अब राज्यबाट पाउने सुबिधा पाउनेमा खुसि ब्यक्त गरेकी छन ।
लामो समय देखि शारीरिक अपांगता भएको भए पनि उनको नागरिकता नभएकै कारण अपाङ्गता परिचयपत्र बनेको थिएन । तर अहिले उनको नागरिकता बनेपछि (क) बर्गको अपांगता परिचयपत्र समेत बनेको छ । अपांगता भएकै कारण करिव २० बर्षदेखि उनि माईतिको संरक्षणमा बस्दै आएकी छन ।