महिला शसक्तिकरण बहुउद्धेश्यीय सहकारी संस्थाको बार्षिक साधारणसभा सम्पन्न,

महिला शसक्तिकरण बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारणसभा सुर्खेतको पञ्चपुरीमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा सम्पन्न साधारणसभामा आ व २०७९÷०८० को रु २३ लाख ९ हजार २१९ रुपैया बराबरको आय ब्यय प्रस्तुत गरिएको छ ।
आज भएको साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी लालबीर भण्डारीले सहकारीले गरेको काम प्रसंसा योग्य रहेको बताउनुभएको छ । साथै उहाले सहकारी प्रति जनताको बिस्वास कम हुदै गएको स्थानिय स्तरमा भएका सहकारीहरुको अवस्था कमजोर बन्दै गएको हुदा अव सहकारीको अवस्था बिश्लेषण गर्ने समेत बताउनुभएको छ ।
समान प्रकृती भएका सहकारी हरुलाइ बोलाएर छलफल गर्ने र उनिहरुले गरेका कामको बारेमा समेत जानकारी लिने भण्डारीले बताउनुभएको छ । सहकारीले नियमित बचतकर्ता मनु भण्डारी र असल ऋणी कृष्णकला शाहीलाइ सम्मान समेत गरेको छ । निर्मला सिंहले सञ्चालन गर्नुभएको कार्यक्रम बिष्णा सावदको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...