जाजरकाेटमा जीप दुर्घटनामा ११ जनाकाे ज्यान गयाे,

जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । छेडागाड नगरपालिका वडा नम्बर ५ मा आज साेमवार दिउँसो कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जीप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छेडागाड नगरपालिका उपमेयर चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेहरूमा जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ५ का जयकुमार बुढा, देवीसरा बुढा, रामबहादुर बुढा, दीपक अधिकारी, नैनसरा अधिकारी, अम्बर अधिकारी, निशा अधिकारी र वडा नम्बर ६ का वीरबहादुर खत्री रहेका छन् । यस्तै जीपको चालकसमेत रहेका दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर २ का मानबहादुर राउत, वडा नम्बर ३ का वीरेन्द्र केसी र अम्बरबहादुर खड्काको पनि ज्यान गएको छेडागाड नगरपालिकाका उपमेयर थापाले जनाकारी दिनुभयो ।

दैलेखको भगवतीमाई गाउँपालिकाबाट जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ५ जन्ती आएका थिए । जन्ती र माइती पक्षबीच झडप भएपछि एक जना घाइते भएका र घाइतेलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा जीप दुर्घटनामा परेको उपमेयर थापाले बताउनुभयो । ujyaalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...