कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ ले वडाका ८५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले ज्येष्ठ नागरिकलाई स्विटर, टोपी र च्यावनप्रास वितरण गरेको छ । शुक्रबार वडा कार्यालय खरेन्द्रपुरमा शिवराजका नगरप्रमुख नेत्रराज अधिकारीले ८० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई सम्मानसहित उक्त सामग्री प्रदान गरे । वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान तथा पौस्टिक आहार वितरण गरिएको हो ।
नगरप्रमुख अधिकारीले वृद्धवृद्धालाई परिवारको माया, ममता र स्याहारसुसार आवश्यक रहेको बताए । वडाध्यक्ष टेकलाल सापकोटाले ज्येष्ठ नागरिकको हौसला बढाउन सम्मान गरिएको र सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।
अध्यक्ष सापकोटाले सम्मानित हुन छुटेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर न्याना कपडा प्रदान गरिने बताए ।