नेपाल निजामती कर्मचारी युनियनको प्रथम भेला बाबियाचौरमा सम्पन्न

२६ मंसिर, सुर्खेत ।
नेपाल निजामती कर्मचारी युनियनको प्रथम भेला आज पञ्चपुरीको बाबियाचौरमा सम्पन्न भएको छ। पञ्चपुरी नगरपालिकामा रहेका युनियनमा आबद्ध कर्मचारीहरूको भेलाले नयाँ कार्यसमिति गठन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा मनोहर उपाध्याय, उपाध्यक्षमा वीरेन्द्र थापा, तुल्सीपुरी वन, सचिवमा हर्क बहादुर बयक क्षेत्री सहसचिव खगेन्द्र तिमिल्सिना र कोषाध्यक्षमा सिर्जना पुरी चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा द्रोणदेव वन, भुवन सापकोटा, जानकी ढकाल, कोकिला खड्का, दण्डपाणी सुवेदी, प्रकाश न्यौपाने र कमल तिमल्सिना रहनुभएको छ। नेपाली कांग्रेस कर्णाली प्रदेशका सह महामन्त्री उपेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य मुक्ति रेग्मी क्षेत्र नम्बर २ का सभापति इन्द्रबहादुर रावल, नगर सभापति कृपाराम थापा, नगर प्रमुख लालवीर भण्डारी लगायतको उपस्थित रहेको थियो । भेला युनियनका पञ्चपुरी अध्यक्ष गंगादेव पुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...