पञ्चपुरी २ को पलैटेमा १ दिने पशु स्वास्थ्य शिविर आज सम्पन्न,

कृषि क्षेत्र बिकास कार्यक्रम अन्तरगत कार्यक्रम समन्वय कार्यालय बिरेन्द्रनगर सुर्खेत को आयोजनामा १ दिने पशु स्वास्थ्य शिविर आज पञ्चपुरीमा सम्पन्न भएको छ । सुर्य प्रकाश माद्यामिक बिद्यालय पलैटे र पशुपंक्षि रोग अन्बेषण प्रयोगशाला सुर्खेतको प्राबिधिक सहयोगमा शिबिर सञ्चालन गरिएको हो । शिबिरमा पञ्चपुरी नगरपालिकाको वडा नं.१,२, ३ र बराहताल गाउपालिकाको वडा नं. ६ का पशुहरुको उपचार गरिएको हो । शिबिरमा पशुहरुलाई विभिन्न रोग बिरुद्ध खोप लगाउनुका साथै औषधी उपचार समेत गरिएको छ । शिबिरमा १ हजार ६ सय ५३ बाख्रा, ८९ गाइगोरु, २७ ओटा भैंसी, ३३ ओटा कुकुर, ८ ओटा बिरालो १ घोडा, २ हजार ७ सय ५ कुखुरा, ४६ ओटा बङ्गुर तथा बँदेल, ९ ओटा हाँसको उपचार समेत गरिएको बिद्यालयका प्रधानाध्यापक टिकाराम बास्तोलाले जानकारी दिनुभएको छ ।
घरमै उपचार सेवा पाउँदा स्थानीय कृषकहरु लाभान्वित हुनुका साथै आयोजक प्रति खुसी समेत ब्यक्त गरेका छन । आगामी दिनहरुमा पनि बिद्यालयले शिबिरको निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...