दाङमा नक्कली मायाजालमा पारेर करोडको डिल गर्ने गिरोह पक्राउ,

दाङको तुलसीपुरमा एक पुरुषलाई नक्कली मायाजालमा पारेर ठूलो रकम असुल गर्ने एक गिरोह पक्राउ परेको छ ।

पक्राउ पर्नेमा गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज, तुलसीपुर–१८ ग्वारखोला निबासी ३८ वर्षकी कृष्णा कुमारी बस्नेत, र घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी २६ वर्षका जनक भन्न रुद्र बहादुर केसी रहेका छन् ।

अरोपीलाई मंसिर १६ गते घोराही उपमहानगरपालिका–१६ सर्रामा रहेको कोविला रिसोर्टमा पिडीतसंग ठूलो रकम मोलमोलाई गरिरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता तथा डिएसपी राजन गौतमले जानकारी दिए ।

सो सोमूहले यस अघि डरधम्की देखाएर करिब ४० लाख रुपैयाँ असुल गरिसकेको डिएसपी गौतमले जानकारी दिए । सो समूहले एक वर्षदेखि ती पुरुषलाई ट्यापमा पारेर करोड बढी रकमको माग गर्दै आएको थियो । पक्राउ परेका विरुद्ध अपराधिक लाभ कसुर अन्तर्गत मुद्दा दर्ता गरेको प्रहरीले बताएको छ । अनुुसन्धानको क्रममा अपराधिक गिरोह अन्य व्यक्तिहरुसंग पनि जोडिएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...