बिद्याज्याेती माध्यामिक बिद्यालय बाबियाचाैरमा अन्तरक्रिया सम्पन्न

२५ मंसिर सुर्खेत ।
शिक्षा बिकास निर्देशनालय कर्णाली प्रदेशकाे आयाेजनमा बालअधिकार तथा बिविध बिषयमा बिद्यालय स्तरीय सचेतिकरण कार्यक्रम अाज पञ्चपुरीकाे बाबियाचाैरमा सम्पन्न भएको छ । पञ्चपुरीकाे बाबियाचाैरमा रहेकाे बिद्याज्याेती माध्यामिक बिद्यालयमा साे कार्यक्रम गरिएको हाे ।

कार्यक्रममा बिद्यालयमा अध्ययनरत बिद्यार्थी, शिक्षक, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, अभिभावक लगाएकाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा बालअधिकार, बालश्रम, बालअधिकार र दायित्व, बालबालिकाकाे कर्तव्य लगाएत शिक्षा संग सम्बन्धित बिषयमा छलफल समेत गरिएको छ । कार्यक्रमकाे सहजिकरण शिक्षा बिकास निर्देशनालय कर्णाली प्रदेशका शिक्षा अधिकृत झलक काेईरालाले गर्नुभएको हाे । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लाेकेन्द्र रावलकाे अध्यक्षता सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...