विकासका लागि सुचना मन्च विरेन्द्रनगर ६ सुर्खेतले आज सुर्खेतको अशोका होटेलमा भ्रष्टाचार विरुद्धको दिवस लगाएतका विविध कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको वार्षिक साधारसभाबाट तय गरेका स्वंयसेवी कार्यक्रमहरु समेत यस अवसरमा सार्वजनिक गरेको छ ।
सुर्खेत जिल्लाका सबै स्थानीय तहहरुमा पहिलो चरणमा सुशासन स्थापनाका लागि भ्रष्टाचार विरुद्ध स्वंयसेवी कार्यक्रम, मध्यपान तथा सुर्तिजन्य पदार्थ विरुद्ध स्वंय सेवी कार्यक्रम, सामाजिक ब्यवहार सुधार कार्यक्रम लगाएत महिला शक्तिकरण, लगाएतका कार्यक्रम गर्ने गरि आज सार्वजनिक घोषणा गरिएको छन । संस्थाले कार्यक्रम गर्दा लागु गर्नु पर्ने आचार सहिंता समेत सुझाव सहित पारित गरिएको छ ।
सम्पन्न कार्यक्रममा भ्रष्टाचार विरुद्ध नागरिक हस्ताक्षर, म भ्रष्टाचार विरुद्ध कार्य गर्न प्रतिवद्ध छु भन्दै हस्ताक्षरका साथै अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस सहित भ्रष्टाचार विरोधी अभियान्ता वा स्वंयसेवकहरुको पहिलो वीरेन्द्रनगर स्तरीय सम्मेलन समेत सम्पन्न भएको छ ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीको प्रमुख आतिथ्यता सम्पन्न हो । कार्यक्रमको अध्यक्षता शान्ता लामिछाने गर्नुभएको थियो भने सन्चालन संस्थाका अध्यक्ष हरिप्रसाद अधिकारीले गर्नु भएको हो ।
