सालकोट बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारणसभा सम्पन्न,

सालकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औ बार्षिक साधारणसभा सुर्खेतको पञ्चपुरीमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका २ को पलैटेमा सम्पन्न साधारणसभामा आ.व २०७९÷०८० को रु ७७ लाख ७१ हजार ३५० रुपैया ३१ पैसा बराबरको आय ब्यय प्रस्तुत गरिएको छ । १ हजार ८ सय ३८ जना शेयर सदस्य रहेको सहकारीले पञ्चपुरी नगरपालिकाको वडा नं १,२ र ३ मा सेवा प्रवाह गरिरहेको छ ।
आज भएको साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै पञ्चपुरी २ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी यामबहादुर बिसीले सहकारीले गरेको काम प्रसंसा योग्य रहेको बताउनुभएको छ । साथै उहाले सहकारी प्रति जनताको बिस्वास जगाउन सहकारीले सदस्यहरुको क्षमता अभिबृद्धिका कार्यक्रम पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सहकारीले जेष्ठ नागरिक सम्मान, सुत्केरी प्रोत्साहन, उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका बालबालिकालाई पढाइमा सहयोग लगाएतका कामहरु गर्दै आएको छ । सहकारीको बार्षिक आर्थिक प्रतिबेदन ब्यवस्थापक टेकबहादुर खड्काले प्रस्तुत गर्नुभएको थियो । सहकारीका सचिब गंगाराम ढ्याङ्गाले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष पबित्रा बुढाले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...