पञ्चपुरी २ को पलैटेमा भएको रक्तदान कार्याक्रममा ४४ प्रिन्ट रगत संकलन,

रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं भन्ने संदेश दिन सुर्खेतको पञ्चपुरी नगरपालिका–२, पलैटेमा रहेको शिवशक्ति धाममा हिजो रक्तदान कार्यक्रमको सम्पन्न गरिएको छ । सुर्खेतका ग्रामीण क्षेत्रहरुमा रक्तदान कार्यक्रमलाई व्यापक बनाउन सचेतना फैलाउनुका साथै स्वयंसेवी रक्तदाता अभियान सञ्चालन गरिएको छ । लायन्स क्लब अफ सुर्खेत बुलबुलेको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको समन्वयमा संचालन भएको रक्तदान कार्यक्रममा ४४ प्रिन्ट रगत संकलन गरिएको छ ।
कार्यक्रममा पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालबिर भण्डारी, निबर्तमान नगरप्रमुख उपेन्द्रबहादुर थापा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका उपसभापति प्रदिप्त पौडेल, वडाध्यक्ष यामबहादुर बिसी, बलबहादुर रोकाय, रामप्रसाद अधिकारी, नगेन्द्रबहादुर शाही लगायतले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको छ ।
कार्यक्रममा डिल्लीराम घिमिरेको अध्यक्षतामा ११ सदस्यीय पञ्चपुरी नगरपालिका स्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज गठन गरिएको छ । जसकोे उपाध्यक्ष बलबहादुर बोहरा, सचिवमा गोपाल बुढा, कोषाध्यक्ष थानीप्रसाद घिमिरे तथा सदस्यहरुमा बिरेन्द्र कुमार जोशी, रमेश कुमार थापा, सूर्य उपाध्याय, रेमन्त बिसी, हेमन्त रावत, लक्ष्मी विसी एवं चेतन नेपालीलाइ चयन गरिएको लायन्स क्लब अफ सुर्खेत बुलबुलेका सचिव भद्रबहादुर थापाले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...