२२ मंसिर, सुर्खेत ।
पञ्चपुरी कृषि सहकारी संस्था लिमिटेडको १४ औ बार्षिक साधारणसभा आज पञ्चपुरीमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका ९ को बिद्यापुरमा सम्पन्न साधारणसभामा आ.व २०८०÷०८१ को १ करोड रु ६५ लाख १ हजार ४६४ रुपैया ७९ पैसा बराबरको आय ब्यय प्रस्तुत गरिएको छ ।
पञ्चपुरीमा कार्यक्षेत्र रहेको सहकारीले शेयर सदस्यहरु आर्थिक आम्दानी गर्नको लागि विभिन्न कृषी गतिविधि गर्दै आएको छ । आज भएको साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी मुक्ति रेग्मीले सहकारीले गरेको काम प्रसंसायोग्य रहेको बताउनुभएको छ । साथै उहाले सहकारी प्रति जनताको बिस्वास जगाउन सहकारीले सदस्यहरुको क्षमता अभिबृद्धिका कार्यक्रम पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

कृषि क्षेत्रको बिकासका लागि नगरपालिकाले पनि प्राथमिकता दिएको बताउदै उहाले कृषि उत्पादन गरेका कृषकको उत्पादन लाई बजारीकरण गर्न आबश्यक पहल गर्ने बताउनुभएको छ । सहकारीको बार्षिक प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष डिल्लीराम तिवारीले प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी संस्थाका कर्मचारी अस्मीता कंडेल लामिछानेले आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको हो ।
साधारणसभामा शेयर सदस्यहरुलाइ हजारी, क्यारेट बितरण गर्नुका साथै शेयर सदस्यका बालबालिकाबाट उत्कृष्ट अंक ल्याउनेलाइ स्टेसनरी, नियमित उत्कृष्ट बाल वचतकर्ता, उत्कृष्ट वचत कर्ता, उत्कृष्ट ऋणीलाइ पनि सहकारीले सम्मान गरेको छ । कार्यक्रममा वडा अध्यक्ष, सहकारीका प्रतिनिधि, सरोकाला निकाय लगाएतको सहभागीता रहेको थियोे । सहकारीका प्रबन्धक डिलाकुमारी सापकोटाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष डिल्लीराम तिवारीले गर्नुभएको हो ।