सुर्खेत ।
मंसिर १९ गते देखी संचालन भएको पञ्चपुरी नगरपालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता आज सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित शुरु भएको नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको आज एक कार्यक्रमका बिच पलैटेमा सम्पन्न गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै पञ्चपुरी नगर प्रमुख लालबीर भण्डारीले खेलकुदमा नतिजा ल्याउने सम्पुर्ण खेलाडीहरुलाइ धन्यावाद दिदै जिल्ला स्तरमा हुने खेलकुदमा सफलता प्राप्त गर्न शुभकामना समेत दिनुभएको छ ।
सुर्यप्रकाश माद्यामिक बिद्यालय पलैटेमा आज भएको समापन कार्यक्रममा सुर्यप्रकाश माबि पलैटे १५ स्वर्ण, ९ रजत र ६ कास्य पदक सहित प्रथम भएको छ । त्यसैगरी ६ स्वर्ण, ७ रजत र ५ कास्य पदक सहित बिद्याज्योती माद्यामिक बिद्यालय दोस्रो र ३ स्वर्ण, ७ रजत र ७ कास्य पदक सहित जनता माद्यामिक बिद्यालय बिद्यापुर तेस्रो भएको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, कराते, एथलेटिक्स लगाएतका खेलहरु संचालन गरिएको छ । रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा बिभिन्न बिद्यालयका प्रधानाध्यापक, शिक्षक, बिद्यार्थी, वडा अध्यक्ष, लगाएत स्थानियको उपस्थिति रहेको थियो । समापन कार्यक्रम बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष नबिन थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।
