पञ्चपुरीमा धारिलाे हतियार प्रहार गरि श्रीमतीको हत्या,

सुर्खेतको पञ्चपुरीमा आफ्नै श्रीमतीको धारिलो हतियारले घाँटी काटेर हिडिरहेको अवस्थामा प्रहरीले श्रीमानलाई प्रक्राउ गरेको छ ।

जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्मा बस्ने ३८ वर्षिय अम्मर आले मगरले मंगलवार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी काटि टाउँको प्लाष्टिकको थैलोमा राखेर हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको ३ जनाको प्रहरी टोलीले पञ्चपुरी २ को पलैटे स्वाथ्य चौकी पछाडिवाट प्रक्राउ गरेको हो । उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय बावियाचौरको प्रहरी टोली खटिएको छ । घटना स्थलमा अहिले प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ ।

घटनाको कारण भने खुल्न बाकी रहेको र आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बावियाचौरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...