पञ्चपुरी नगरस्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता आज देखि शुरु,

सुर्खेत ।
पञ्चपुरी नगरपालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता आज देखि पलैटेमा शुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित शुरु भएको नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको नगर प्रमुख लालबीर भण्डारीले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको हो । नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घघाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका भण्डारीले खेलकुदले मानिसको शारीरिक मानसिक बिकास पनि हुने बताउनुुभएको छ । भण्डारीले खेकुदकै कारण पञ्चपुरीका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पहिचान समेत बनाएको बताउनुभएको छ ।
सुर्यप्रकाश माद्यामिक बिद्यालय पलैटेको आयोजनामा सुरु भएको प्रतियोगिता पञ्चपुरीका माद्यामिक बिद्यालयहरुको सहभागिता रहेको छ । आज भएको १ हजार ५ सय मिटरको छात्र दौडमा सुर्यप्रकाश माबि पलैटेका लोकेन्द्र बिक प्रथम र दिनेश बिसी दोस्रो भएका छन । छात्रातर्फ सुर्यप्रकाश माबि पलैटेका नन्दा कुमाल प्रथम र चन्द्रा कुमाल दोस्रो भएकी छन । त्यसैगरी सटपट छात्र तर्फ जनता माद्यामिक बिद्यालय बिद्यापुरका उपेन्द्र बिक प्रथम र अर्जुन खत्री दोस्रो भएका छन । त्यस्तै छात्रा सटपटमा सुर्यप्रकाश माबि पलैटेका सीता रावत प्रथम र मालिका माबि पैसराका मिना बयक दोस्रो भएका छन ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स लगाएतका खेलहरु संचालन हुने भएका छन । रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा बिभिन्न बिद्यालयका प्रधानाध्यापक, शिक्षक, बिद्यार्थी, वडा अध्यक्ष, लगाएत स्थानियको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष नबिन थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...