दुर्गा विसि/मंसिर,१८
सल्यान पश्चिम लघुवित्तकाे चर्को व्याजका विरुद्धमा उत्रिए महिलाहरु ।आज एक कार्यक्रम मार्फत उनिहरुले चर्को विराेध गरे ।चर्को व्याजकै कारण गरिबी विपन्न वर्गको उठिबास वनाएको,यहि कारण घर कलह वढेकाे र अात्मा हत्याका घटना समेत वढिरहेकाे छ । गरिव माथिकाे चरम शाेषण अन्त नहुदा समेत अान्दोलन जारि रहने जनाएको छ ।व्यवसायीक तालिम नदिएको,विमा नवनाएको जस्ता अाराेप लगाएको छ ।व्याज तथा किस्ता तिर्नु पर्ने समयमा अपशब्द समेत खेप्नुपरेको जनाएको छ । समाजिक शाेषणका विरुद्ध अान्दोलन झन चर्को उने जनाएको छ ।गरिबी झन गरिव हुन शेरधनिहरु झन शेर बन्ने यस्ता लगानी देशका निमुखा नागरिकका लागि घातक भएको जनाएको छ ।संघर्ष समितिकाे नगर उपाध्यक्ष विमला घर्ती,केन्द्रीय उपाध्यक्ष मनिराम ज्ञवालि,फत्तेवहादुर पुनले अान्दोलनमा सम्वाेधन गरेका थिए ।एउटा्ले लिएको सहुलियतपूर्ण कर्जाले ९ जनासम्मलाई सताएको सिस्टम कहाँबाट आयो भनेर उल्टै प्रष्न गरेका थिए ।अान्दोलनकर्मिका कुरा सुन्न सल्लिवजार स्थित वित्तीय लघु वित्तका कर्मचारीहरु समेत त्यहाँ उपस्थिति भएको थिए । १० महिना देखि जारि अान्दोलनले अब भने मुर्तरुप लिने जनाएको छ । नेपालमा ५८ लाख नागरिकहरु लघु वित्तबाट उठिवास भएकाे जनाएको छ ।चर्को व्याजदरले घरवारविहीन भएको समेत वताए ।गरिवि निमुखालाई आय आर्जन तथा आर्थिक उपार्जनका उदेश्यले पाउने सहुलियतपूर्ण ॠण नभए गरिबी उठिबास लगाउने लगानि भएको उनिहरुकाे आरोप छ ।