पञ्चपुरी ६ को वडा कार्यालयद्धारा घरदैलो कार्यक्रम सम्पन्न,

पञ्चपुरी नगरपालिका वडा नं ६ को कार्यालयले आफ्नो वडाको सेवाक्षेत्र भित्रका नागरिकलाइ सेवा दिन घरदैलो कार्यक्रम सुरु गरेको छ । वडामा रहेका स्वास्थ इकाइ, संघ संस्था लगाएतको टिमले आज वडा नं ६ को खमारीमा घरदैलो गरेको हो ।

भौगोलिक बिकटताका कारण नागरिकहरु वडा कार्यालय सम्म पुग्न कठिनाइ हुने भएको कारण टोलमै पुगेर स्वास्थ्य, शिक्षा, योजना र वडा कार्यालयले दिने सेवाका बारेमा जानकारी दिएको वडा सचिव यमुना लम्सालले जानकारी दिनुभएको छ । टोलमै पुगेर जनताका समस्या र आबश्यकताका बारेमा जानकारी लिन र दिन सजिलो भएको वडा सदस्य तथा नगर कार्यपालिका सदस्य अनिता बिकले बताउनु भयो ।

घरदैलो कार्यक्रममा एचाइभि संक्रिमित हरुलाइ नियमित औषधि सेवन गर्न आग्रह गर्नुका साथै ८० भन्दा बढि नागरिकलाइहरु लाइ परामर्श समेत दिएको छ । टोलीले वडा कार्यालयबाट संचालन गरिएको बिद्यालयको अनुमन समेत गरेको छ । भोलि वडा नं ६ को आधारभुत स्वास्थ्य इकाइ चतुरेको कार्यालयमा स्वास्थ्य शिबिर समेत संचालन समेत हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...