कर्णाली प्रदेशका अार्थिक मामिला तथा याेजना मन्त्री बिन्दमान बिष्टले मंसिर महिना पश्चिम सुर्खेतका नागरिककाे लागि सुखद महिना भएको बताएका छन ।
नेकपा माअाेवादि केन्द्र पञ्चपुरी नगर कमिटि बाबियाचाैरले अायाेजना गरेकाे सम्मान कार्यक्रममा बिष्टले साे कुरा बताएका हुन । सुर्खेत पश्चिम पहिले देखि पिछडिएकाे र यहाका नागरिकले अपेक्षा गरे अनुसार बिकास नभएको हुदा मंसिर महिना भित्र बिकासका लागि नया निर्णय गर्ने बताएका छन ।
अाफ्नाे कार्यकाल धेरै नभएको हुदा बिकासका सपना धेरै नबाड्ने र अाफुले गर्न नसक्ने कामकाे अाश्वासन नदिने बताएका छन । अाफु मन्त्री हुदा धेरै जनाले दिएकाे बधाई संगै बिकासकाे अपेक्षा समेत गरेकाे र यसका लागि निरन्तर लागिरहने प्रतिबद्धता समेत जनाएका छन ।