१९ मंसिर सुर्खेत ।
पञ्चपुरी नगरपालिकाको कार्यालय बाबियाचौरले इलाका प्रहरी कार्यालय बाबियाचौरलाई विपदका सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकामा रहेको विपत व्यवस्थापन समितिको बैठकले उद्धार तथा राहत कार्यमा सहज होस् भन्नका लागि विपदका सामग्री दिने निर्णय गरेको हो । नगरपालिकाले आज प्रहरी कार्यालयलाई गैटी ४ थान, सेफ्टी हेल्मेट ४ थान, घन १ थान, हेण्ड माइक १ थान, फरुवा २ थान, डोरी नाइलनको २ थान, बेल्चा २ थान, गल सब्बल २ थान, स्ट्रेचर २ थान, गम बुट ४ जोडी, बन्चरो १ थान, पाता काट्ने कैची १ थान, हाते आरी २ थान र लाइफ ज्याकेट ५ थान हस्तान्तरण गरेको हो ।
नगर प्रमुख लालबीर भण्डारीले सामग्री हस्तान्तरण गर्दै नगरपालिकाले प्रदान गरेको सामग्रीले समुदायका हुने विपदका घटनामा उद्धार र राहतका लागि थप सहज हुने आशा व्यक्त गर्नुभएको छ । सामग्री बुझ्दै इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख रविन्द्र सिंह कार्कीले नगरपालिकाले गरेको सहयोगको प्रशंसा गर्दै धन्यवाद समेत दिनुभएको छ ।













