सुर्खेतको पञ्चपुरी नगरपालिकामा तथ्यांक प्रणालीको ब्यवस्थापन गरिदै,

सुर्खेतको पञ्चपुरी नगरपालिकालाई डिजिटल नगरपालिकाको रुपमा अगाडि बढाउनको लागि प्रकृया सुरु गरिएको छ । युएनडिपीको सहयोग तथा सुशासन प्रबर्द्धनका लागि युवा संस्थाद्वारा सञ्चालन भएको सम्बोधन परियोजनाले पञ्चपुरीको सुचना तथा तथ्यांकलाई ब्यबस्थापन गर्न काम सुरु गरेको छ ।
पञ्चपुरी नगरपालिकामा जनप्रतिनिधि, सरोकारवाला निकाय, राजनीतिक दल लगाएतको सहभागीतामा भएको छलफलमा नगरपालिकामा तथ्यांक ब्यवस्थापन प्रणालीको मोडलको बारेमा छलफल गरिएको छ । नगरपालिका र परियोजनाको साझेदारीमा बन्न लागेको सफ्टवेयरमा नगरपालिका भित्रका सम्पुर्ण वडाको सामाजिक, आर्थिक, पारिवारिक, रोजगार, साँस्कृतिक, शैक्षिक, कृषि, पशुपालन, सम्पति बिवरण आदि समेटिने भएको छ ।
पहिलो चरणमा सफ्टवेयर माथि सल्लाह सुझावका लागि ७ दिन भित्र थप छलफल गर्ने र सफ्टवेयर तयार भए पछि तथ्यांक संकलनको काम सुरु गरिने परियोजनाका कार्यक्रम संयोजक खगेन्द्र सिजापतीले जानकारी दिनुभएको छ । तथ्यांक संकलनको काम सुरु भएको ३ महिना भित्र नगरपालिकाको सफ्टवेयरले पुर्णता पाउने सिजापतीले बताउनुभएको छ ।
सफ्टवेयर निर्माण गरेपछि बेलाबेला अपडेट गर्ने र त्यसको सम्पुर्ण काम नगरपालिकाले गर्ने भएको छ । सफ्टवेयरमा हरेक ब्यक्तिको बिवरण राखिने र नागरिकले कुनैपनि सुचना जानकारी लिनको लागि वडा कार्यालयमा समेत हेर्न र सुचना लिन पाउने भएका छन ।
कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले सफ्टवेयरले नगरपालिकाको यतार्थ चित्रण गर्ने भएको हुदा अब हरेक वडा टोल समुदाय आवश्यकता समस्या र माग सजिलोसँग जानकारी हुने बताउनुभएको छ । नगरप्रमुख भण्डारीले अब बन्ने नगरपालिकाको बजेट र बिकास सफ्टवेयरको आधारमै गरिने र यसले पहुचका आधारमा योजना माग गर्ने कुरा अन्त्य हुने समेत बताउनुभएको छ । सफ्टवेयर सुरु भएपछि योजनाको दोहोरोपन हुने समस्या समेत अन्त्य हुने भएको छ । तथ्यांक संकलन पछि प्रत्येक ब्यक्ति र परिवारको आर्थिक अवस्थाको अंक स्कोर हुने भएको छ । आज भएको कार्यक्रममा सहभागीले कार्यक्रम प्रभावकारी भएको र यसका लागि सबै जनप्रतिनिधि साथ रहने बताएका छन । कार्यक्रम परियोजनाका पञ्चपुरी संयोजक सुशील घिमिरेले संचालन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...