३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पञ्चपुरीमा शैक्षिक सामग्री वितरण

१८ मंसिर सुर्खेत ।
समावेशी तथा दिगो भविष्यको पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार भन्ने नारासहित ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज पञ्चपुरीमा मनाइएको छ । पञ्चपुरी नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक उपशाखाको आयोजना पञ्चपुरी अपाङ्गता उत्थान केन्द्र बाबियाचौर र विद्याज्योति माध्यमिक विद्यालयको समन्वय तथा आइएनएफ सुर्खेत पहुँच तथा समावेशीकरण परियोजना सुर्खेतको सहयोगमा कार्यक्रम गरिएको हो। कार्यक्रममा अपाङ्गता भएका २६ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री समेत सहयोग गरिएको छ ।

कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले अपाङ्गता भएका व्यक्तिहरूका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु आयआर्जनका सिपमूलक तालिमहरू र अपाङ्गता परिचयपत्र शिविर सञ्चालन गर्दै आएको बताउनुभएको छ । साथै उहाँले नगरपालिकाबाट बन्ने हरेक भौतिक संरचनाहरु अपाङ्ग मैत्री बन्ने गरेको स्मरण समेत गराउनुभएको छ । आइएनएफ सुर्खेतले पञ्चपुरी नगरपालिकामा भएका अपाङ्गताको लागि राम्रो काम गरेको भन्दै धन्यवाद समेत दिनुभएको छ ।

कार्यक्रमको समापन गर्दै पञ्चपुरी नगरपालिका सामाजिक विकास शाखा प्रमुख एवं वडा नम्बर २ का अध्यक्ष याम बहादुर बिसीले अपाङ्गता भएका व्यक्तिहरूले अझै पनि परिचयपत्र बनाउन नसकेको हुँदा आगामी दिनमा सबैलाई अनिवार्य परिचयपत्रको व्यवस्था गर्ने समेत बताउनुभएको छ । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको आफ्नै दक्षता योग्यता र क्षमता हुने भएको हुँदा सबैले उनीहरूको सिप दक्षता र क्षमताको कदर गर्नुपर्ने समेत बताउनुभएको छ । कार्यक्रममा अपाङ्गता भएका बालबालिका ४० भन्दा बढि अभिभावक, संघसंस्थाका प्रतिनिधि, शिक्षक, बिद्यार्थी, बिद्यालय ब्यवस्थापन समितिका प्रतिनिधी लगायत जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...