बाबियाचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा रिमाल बिजयी,

164 पटक हेरिएको

१८ मंसिर, सुर्खेत ।
बाबियाचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको मतगणना सम्पन्न भएको छ । सुर्खेतको पञ्चपुरीमा भएको मतदानमा ७ सय ५७ मत खसेको थियो । ९ सदस्यीय कार्यसमिति चयनका लागि भएको निर्बाचनमा अध्यक्ष पदमा पदम रिमाल ३९१ मत ल्याएर निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्ष इश्वरी अधिकारी ३९२ सचिव बल बहादुर थापा ३६६ कोषाध्यक्षमा शेर बहादुर कामी ३५७ मत ल्याएर बिजयी भएका छन ।
त्यसैगरी सदस्यहरुमा रमेश शाही ३६० उदय कामी ३६० ओम प्रकाश भण्डारी ३५८ मत ल्याएर बिजयी भएका छन । सदस्यमा कृष्णा कुमारी नेपाली र नन्दाशोभा भण्डारी यस अघि नै निर्बिरोध निर्बाचित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...