१७ मंसिर, सुर्खेत ।
बाबियाचौर खानेपानी तथा सरसफाई उपभोक्ता समिति पञ्चपुरी ५ सुर्खेतको कार्यसमिति चयनका लागि भएको मतदान सम्पन्न भएको छ पञ्चपुरी ५ बाबियाचौर मा भएको मतदानमा ७५५ मत खसेको छ। समितिमा एक हजार जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । आजको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। मतगणना साँझ ७ बजेपछि गर्ने निर्वाचन समितिले जनाएको छ। अध्यक्ष पदका लागि चुनाव चिन्ह गाग्री सहित चन्द्रबहादुर रावतको प्यानल प्रतिस्पर्धामा छ भने धारा चुनाव चिन्हसहित पदमराज रिमालको साझा प्यानल प्रतिस्पर्धामा रहेको छ।













