अपाङ्गता भएका ब्यक्तिहरुको लागि अपाङ्गता छनौट शिबिर सम्पन्न,

अपाङ्गता भएका ब्यक्तिहरुको ३१ औं अन्तराष्ट्रिय दिवशका अबसरमा आज शिबिर सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको सहयोग पञ्चपुरी अपाङ्ग सञ्जालको समन्वय र साइनिङ्ग अस्पताल सुर्खेतको आयोजनामा आज बाबियाचौरमा अपाङ्गता छनौट शिबिर सञ्चालन गरिएको हो ।
उद्घाटन शत्रमा अपाङ्गता भएका बालबालिकालाई हरुलाइ स्टेसनरी समेत सहयोग गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख लालविर भण्डारीले अपांगता भएका ब्यक्तिहरुले आगामी दिनमा योजना माग गर्न अनुरोध समेत गर्नुभएको छ ।

विभिन्न लक्षित समुहलाई बजेट बिनियोजन गर्दै आएको र आगामि दिनमा अपाङ्गता भएका ब्यक्तिहरुलाइ पनि पहिलो प्राथमिकता दिने बताउनुभएको छ । कार्यक्रमका सभापति राजकुमार कडेलले अपांगता भएका ब्यक्तिहरुलाई उनिहरुको क्षमता अनुसार सिपबिकासका तालिम उपलब्ध गराउनु पर्ने समेत बताउनुभएको छ । शिबिरमा पञ्चपुरी नगरपालिका भित्रका अपांगता भएका ब्यक्ति हरुले सेवा लिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...