अझैसम्म भएन बाबियाचाैरकाे बजार कालाेपत्रे,

सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौर बजारको सडक ३ बर्ष अगाडि देखि कालोपत्रेको लागि काम सुरु गरिए पनि अहिले अस्तब्यस्त बनेको छ ।
सडक कालोपत्रेका लागि प्रदेश सरकारले २४ लाख बजेट उपलब्ध गराएको र अरु रकम सबै नगरपालिकाले ब्यहोर्ने गरि काम सुरु भएको हो । २ करोड ८० लाख को लागतमा बन्ने बाटो १८ मिटर चौडा हुने भनिए पनि मापदण्ड भन्दा फरक तरिकाले निर्माण गरिएको छ । सडक सुरुवातमा १८ मिटर चौडा भएपनि पश्चिम तिरको क्षेत्र ७ मिटरमा खुम्चीएको छ ।

सडकको नाला पनि नागरिकका घर अगाडी अवस्था अनुसार बाङ्गो टिङ्गो बनाएर निर्माण गरिएको छ । यस बिषयमा नत नगरपालिकाले नियमित अनुगमन गरेको छ नत इन्जिनियरले नै । यसरी मनोमानी ढङ्गले गरेको निर्माण प्रति स्थानिय नागरिक आक्रोसित भएका छन । सडकमा थुपारेको गिट्टीले सडक झन साघुरो बनाएको छ भने सडक आसपासका नागरिकहरु घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या सहदै आएका छन ।

हाम्रो पन्त जे.भिले निर्माणको जिम्मा लिएको कामको अहिले सम्म सडकको नाला निर्माणको काम पनि सम्पन्न भएको छैन । ग्राबेल बिछ्याउने, माटो भर्ने तथा कल्भर्ट निर्माणको काम जस्ताको तस्तै छ । ठेकेदार खगेन्द्र रानालाइ पटक पटक जानकारी गराउदा तत्काल काम सुरु गर्छु भन्दै समय बिताउने मात्रै काम गरेका छन ।

गत असार मसान्तसम्म कालोपत्रे गरिसक्ने लक्ष्य लिएको कम्पनिको काम अहिले बन्द अबस्थामा रहेको छ । ठेकेदार रानाले यस अघि कोरोना महामारीका कारण काम गर्न कठिनाइ भएको बताएको र मंसिर सम्म कालोपत्रे गरिसक्ने बताएपनि मंसिर लागि सक्दा समेत रफ्तारमा काम अघि बढ्न सकेको छैन ।

काम सम्पन्न गर्ने समय २ पटक सकिदा पनि कोरोना महामारीलाइ बाहाना बनाएर समय थप गरिएको छ । नगरपालिकाले पटक पटक काम सुरु गर्न पत्राचार गरेपनि ठेकेदारले लापरवाही गरेको पाइएको छ । काम नगरेपनि बिगत ५ महिनादेखि कम्पनीका निर्माण सामाग्री र सवारी साधानहरु इलाका प्रशासन कार्यालय बाबियाचौरको अगाडी थन्क्याएर राखिएका छन ।

यता नेकपा माअाेबादि केन्द्र पञ्चपुरीले पञ्चपुरी नगरपालिकाकाे बाबियाचाैर बजार र बिद्यापुर बजार तत्काल कालाेपत्रे गर्न माग गर्दै अाज नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

अध्यक्ष केशव शाही द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा “बाबियाचाैर, बिद्यापुर बजार क्षेत्रका जनताको स्वास्थ्य जस्तो गम्भीर बिषयमा पञ्चपुरी नगरपालिकाले देखाएको उदासीनता र गैर जिम्मेवार रबैया प्रति कडा अापत्ती प्रकट गर्दै सम्बन्धित निर्माण कम्पनीलाई तत्काल काम अगाडि बढाउन र सडक कालाेपत्रे नहुने बेला सम्म अनिवार्य दैनिक कम्तिमा २ पटक ट्याङकर प्रयाेग गरि पानी चार्ने ब्यवस्था गर्दछौं” उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...