१६ मंसिर, सुर्खेत
साइनिङ अस्पताल आइएनएफ सुर्खेत पहुँच तथा समावेशीकरण परियोजनाको आयोजना र पञ्चपुरी नगरपालिका र पञ्चपुरी अपाङ्गता उत्थान केन्द्र बाबियाचौरको समन्वयमा अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यहरुले उत्पादन गरेका वस्तुहरू प्रदर्शन गरिएको छ । बाबियाचौरमा साप्ताहिक रूपमा लाग्ने हाट बजारमा सो सामग्रीहरू बिक्री वितरण गरिएको छ । कार्यक्रममा अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यहरूको सहभागिता रहेको थियो ।

१५ जना सदस्यहरूबाट स्थानीय स्तरमा उत्पादन भएका वस्तु सुन्तला, केरा, स्याउ, टमाटर, काउली, साग, करेला, सिमी, टिमुर, पिडालु, तिल र मोबाइलका सामग्री समेत बिक्री भएको छ । साथै हाट बजारमा फलामबाट बनेका सामान चुलो, कुटो बिक्री वितरण समेत गरिएको छ । कार्यक्रममा अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यहरू पनि आम्दानी गर्न सक्छन् र अवसर दिनुपर्छ भन्ने बारेमा समुदायका व्यक्तिहरूलाई जानकारी दिएको थियो ।

त्यसैगरी हाट बजारमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था अपाङ्गता हुने कारण अपाङ्गताका प्रकार लगायत स्थानीय तहबाट पाउने सुविधाका बारेमा समेत अडियो मार्फत जानकारी गराइएको परियोजनाका कर्मचारी उदयबहादुर हमालले बताउनुभएको छ ।