पाँचौं पञ्चपुरी मेयर कपको उपाधी वडा नं ५ र ११ लाइ

१४ मंसिर सुर्खेत ।
मङ्सिर ११ गतेदेखि सुर्खेतको पञ्चपुरीमा सञ्चालन भएको पाँचौँ पञ्चपुरी मेयरकपको फाइनल खेलमा वडा नं ५ र ११ ले उपाधी हात पारेको छ । पञ्चपुरी खेलकुद विकास समितिको आयोजनामा भएको पुरुष वडास्तरीय फुटबल प्रतियोगितामा वडा नं ५ ले उपाधी जितेको हो । फाइनल खेलमा वडा नं ८ लाइ वडा नं ५ ले ० का बिरुद्ध १ गोल गरेको हो ।

त्यसैगरी महिला भलिबल प्रतियोगितामा वडा ११ ले वडा १० लाइ ३ ओटा सेटमा जित निकाल्दै उपाधी हात पारेको हो । प्रतियोगितामा पुरुष फुटबलतर्फ ११ वटा टिम र महिला भलिबल तर्फ ७ वटा टिमको सहभागिता रहेको थियो । फुटबल तर्फ बिजेतालाइ नगद ५२ हजार र उपबिजेता लाइ नगद २५ हजार ५०० मेडल तथा प्रमाण पत्र प्रदान गरिएको छ । त्यसैगरी भलिबल तर्फ बिजेतालाइ नगद २१ हजार र उपबिजेता लाइ नगद १२ हजार मेडल तथा प्रमाण पत्र प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले इमान्दारिताका साथ खेल प्रदर्शन गरेको प्रति खेलाडीहरुलाई धन्यावाद समेत दिनुभएको छ । प्रतियोगिता पञ्चपुरी खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...