पञ्चपुरी नगरपालिकाले छाडा पशुचौपायको ब्यवस्थापन गर्दै,

सुर्खेतको पञ्चपुरी नगरपालिकाले छाडा पशुचौपायको ब्यवस्थापन गर्ने भएको छ । नगरपालिकाको बिपद ब्यवस्थापन समितिको आज बसेको बैठकले पशु चौपाय ब्यवस्थापनमा बजेट खर्च गर्ने भएको छ । पञ्चपुरी ५ को बाबियाचौरमा रहेको शिवधाम धार्मिक संस्थाको सामुदायिक बन क्षेत्रमा ३ रोपनि जग्गा घेरवार गरि अस्थायी गौशाला निर्माणको लागि प्रकृया सुरु गरिने भएको हो ।
पञ्चपुरीमा रहेका छाडा पशुचौपायको ब्यवस्थापन गर्न तत्काल टहरा निर्माणका लागि काम सुरु गरिएको छ । छाडा पशुचौपायले बर्सेनि किसानको खेतीमा क्षति पु¥याउने भएकाले र दिगो ब्यवस्थापन गर्न काम सुरु गरिएको नगर प्रमुख लालबीर भण्डारीले बताउनुभएको छ ।
पहिलो चरणमा छाडा पशुहरु संकलन गरिने र त्यस लगतै कार्यबिधी निर्माण गरि बजेट ब्यवस्थापन गर्ने समेत उहाले बताउनुभयो । पशु चौपायको रेखदेखको लागि तत्काल १ जनालाई जिम्मेवारी दिने र चरन क्षेत्रको लागि सामुदायिक वन संग पहल तथा समन्वय गरिने भएको छ । समितिले विभिन्न समयमा बिपदमा परि राहतको लागि निबेदन पेश भएका ८७ परिवारलाई नियमअनुसार राहत रकम उपलब्ध गराउने समेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...